भेरी नगरपालिका वडा नं.८ बुरुगे र गिमाको वडा संञ्जालको आयोजनामा वृक्षा रोपन सम्पन्न गरिएको छ । भेरी नगरपालिका वडा नं. ८ को वडामा रहेको बाल उद्यन र मष्ट आधारभुत बिद्यालयको खाली भागमा वृक्षा रोपन सम्पन्न गरिएको थियो । भेरी नगरपालिका वडा नं. ८ को वडा अध्यक्ष विर बहादुर चन्दको पहलमा र पाँचतारा युवा संरक्षक मञ्च, वल्र्ड भिजन नेपालको आर्थिक सहयोगमा विरुवा ढुवानी सहयोग र जिल्ला वन कार्यालयले विरुवा उपलब्ध गराए पछि सञ्जालका सम्पुर्ण सदस्य र अभिभावकको सहयोगमा वृक्षा रोपन सम्पन्न गरिएको हो ।


